मतदानमा जाने कि राजीनामा दिने ? द्विविधामै प्रधानमन्त्री ओली
खनाल-नेपाल समूहलाई पेलेरै जाने रणनीति
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा बहुमत नपुग्ने स्थिति देखेपछि मतदानमा जाने कि राजीनामा दिने भन्ने द्वैध मनस्थितिमै छन् । उनले एमालेकै झलनाथ खनाल-माधवकुमार नेपाल समूहका सांसद्हरुले राजीनामा दिएको खण्डमा मतदानमा जानुको तूक नभएको विश्लेषण थियो । खनाल-नेपाल समूहले प्रधानमन्त्रीलाई सहज हुने बाटो किन दिने भन्दै राजीनामा नदिने निर्णय लिएपछि प्रधानमन्त्रीलाई सहज भएको हो ।
बालुवाटार स्रोतका अनुसार, खनाल-नेपाल समूहले राजीनामा नदिए उनी संसद्मा विश्वासको मत लिने तवरमा अघि बढ्नेछन् । विपक्षी खेमामा उभिएका सांसद संख्या परीक्षण गरी त्यो समूहलाई राजनीतिबाट किनारा लगाउन सकिने विश्लेषण प्रधानमन्त्रीको छ ।
‘दलमा कुनै हैसियत नराख्ने र २०/२२ जना सांसद् बोकेर हिँडेर खनाल-नेपालले दललाई नै सिध्याउने काम गरेका छन्’ ओलीको भनाई उद्धृत गर्दै सचिवालयमा एक सदस्य भन्छन्, ‘अब, राजीनामा दिउन् या नदिउन् उनीहरु एमालेमा रहँदैनन । एमालेको न झण्डा उनीहरुसँग रहन्छ न चुनाव चिन्ह, न कार्यकर्ता नै । पार्टीको सर्वनासमा लाग्नेलाई कुनै गुञ्जायस छैन ।’
यो तवरको तयारीसहित प्रधानमन्त्री ओलीले आफूलाई सत्तामा रहन सबै खाले प्रयास जारी राख्ने भएका छन् । उनले खनाल-नेपाल समूहलाई दल माँस्न विदेशीले खटाएको समूह समेत भन्दै त्यस्तालाई वरपर समेत आउन नदिई अर्कै तवरबाट आफूहरु अघि बढ्ने रणनीतिमा ओली समूह छ । उनले उक्त समूहलाई तर्साउन सम्पत्ति सुद्धिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतसँग पनि छलफल गरेका थिए ।
एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपा गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट भंग गरेपछि सत्तारुढ दलमा बिग्रह आएको हो । दुई पार्टीहरू पूर्ववत् अवस्थामा रहने तथा पुनः एकता गर्ने भए निर्वाचन आयोगमा जानु भन्ने आदेशसँगै ओली बलिया भएका हुन् ।
ओलीले फागुन २८ गते पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधान मिचेर केन्द्रीय कमिटी भंग गरी राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको आरोप खनाल-नेपाल पक्षको धारणा छ । यसमा नै आधारित रहेर पनि नेपालले आइतबार राति वक्तब्य नै जारी गरेका छन् ।
फरक मत राख्यो वा निर्णयमा प्रश्न उठायो भने ओलीले जिम्मेवारीबाट मुक्त गर्ने, कारबाही गर्ने जस्ता तानशाही कार्य गरेकोमा खनाल-नेपाल समूहले आपत्ति जनाउँदै आएका छन् । सर्वोच्च अदालतको फैसला तथा एमालेको विधान, नियमावली, आचारसंहिताअनुरूप २०७५ जेठ ३ मा पार्टी एकीकरण हुनुपूर्वको अवस्थामा फर्केमात्र सहकार्य हुन सक्ने खनाल-नेपालको मागलाई ओलीले सहकार्य नगर्ने भएका छन् ।
पार्टी विधानविपरीत २०७७ फागुन २८ मा गरिएका निर्णयहरु रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्नुपर्ने माग रहेको छ । त्यो मागमा ओली राजी भएको खण्डमा सहकार्य हुने भन्ने छ । प्रधानमन्त्री ओलीलाई यसरी खनाल नेपाल समूहले सुझाव दिँदै अल्टिमेटम दिएको समय घर्के पनि ओली ‘टसमस’मा छैनन् । ओली आफ्ना नयाँ योजनामा नै व्यस्त छन् ।
उनले राजीनामा नदिए अबको केही घण्टामा विश्वासको मतमाथि मतदान हुनेछ । दिउँसो १ बजेपछि हुने मतदान प्रक्रियाले ओली सरकार टिक्ने कि ढल्ने भन्ने छिनोफानो नै त हुँदैन । तर पनि ओलीको साखमा ठेस पुग्नेछ । यद्यपि दुई तिहाईको सरकार र पार्टी नै तहस-नहस गरेका ओलीलाई संसद्मा विश्वासको मत आओस् या नआओस् त्यसमा कुनै मतलव देखिन्न ।
यसै पनि प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउने सम्भावना छ । किनकि कांग्रेसले विश्वासको मत नदिने भनिसकेको छ भने जनता समाजवादी पार्टीले पनि विश्वासको मत नदिने निर्णय सुनाएको छ । यसबाट के स्पष्ट हुन्छ भने खनाल-नेपाल समूहले राजीनामा नगरे पनि विश्वासको मत ओलीलाई पुग्ने देखिँदैन ।
प्रधानमन्त्री ओलीले संसदबाट एक सय ३६ मत प्राप्त गर्नुपर्ने हुन्छ । त्यो अवस्था न्यून रहेकाले प्रधानमन्त्रीले केहीबेरमा राजीनामा दिँदै फेरि लुम्बिनी प्रदेशको मोडलमा अघि बढ्ने हो कि भन्ने आशंका पनि थियो तर त्याे टर्दै प्रधानमन्त्री विश्वासको मतमा नै जाने देखिन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया