विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध

विराटनगर - विराटनगर महानगरपालिकाले नयाँ वर्षसँगै भोलिदेखि नगरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ ।
नगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सो निर्णयअनुरूप आज नगर क्षेत्रमा सचेतनामूलक प्रभातफेरि निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागको परिक्रमापछि सहिद रङ्गशालामा पुगेर समापन भएको थियो । कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख काजीबहादुर बस्नेत, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायतले बोलेका थिए ।
पहिलो चरणमा विद्यालय, स्वास्थ्य संस्था, महानगर र महानगरसँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्था, बसपार्क र बसमा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइने छैन । विराटनगरको नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोल पाइने भएकाले पनि यो निर्णय भएको बताइएको छ ।
नगरसभाले गरेको निर्णयलाई वैशाख १ गतेदेखि कडाइका साथ कार्यान्वयनमा ल्याइने र यसबाट सहर सफा, सुन्दर देखिने विश्वास लिइएको छ । यस कार्यमा वडाध्यक्षदेखि वडा सदस्य, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मीको साथ सहयोग रहने महानगरले विश्वास लिएको छ ।
रासस

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

प्रतिक्रिया