अभिभावकबाट कुनै पनि शुल्क नलिन सामुदायिक विद्यालयलाई महानगरको अनुरोध

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागका, शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सूचना जारी गरेर शिक्षा नियमावली २०७९ (नवौँ संशोधन) को नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्न माध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीबाट नियम १५२ बमोजिमका नियम १४६ (१) मा उल्लेखित शुल्क लिन नपाउने भन्ने स्पष्ट व्यवस्था भएको जानकारी गराएका छन् ।
यसैगरी शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपय विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै विभागमा गुनासो आएको हुँदा कुनै पनि शुल्क नलिन महानगरले आग्रह गरेको छ ।
अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिनेसमेत महानगरले चेतावनी दिएको छ ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया