टेलर स्विफ्ट बनिन् ‘ग्लोबल आइकन’ जित्ने पहिलो महिला

लन्डन : अमेरिकी गायिका टेलर स्फ्टि ‘ग्लोबल आइकन ब्रिट अवार्ड’ जित्ने महिलो महिला भएकी छिन् । लन्डनको ओटु एरिनामा हुने समारोहमा मंगलबार उनलाई सो उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ ।
अवार्ड आयोजकले टेलर स्विफ्टले संगीतमार्फत् विश्वमा पारेका प्रभाव र संगीतमा गरेको योगदानलाई आधार मानेर सो उपाधि प्रदान गर्न लागेको जनाएको छ ।
‘टेलरको करिअर अतुलनीय छ र उनको संगीत र व्यक्तित्वलाई विश्वका लाखौं मानिसले आत्मसात गरेका छन्’ ब्रिट अवार्डको विज्ञप्तिमा भनिएको हो । विज्ञप्तिमा
उनले आफ्नो प्लेटफर्मबाट समसामयिक मुद्धा उठाउने गरेको र अल्पसंख्यक तथा तेस्रो लिंगीका कामलाई पनि प्रोत्साहन गर्ने गरेकाले उनलाई अवार्ड दिने निर्णय गरेको जनाइएको छ । यो भन्दा अघि इल्टन जोन, रोबी विलियम्स र डेभिड बावीले ‘ग्लोबल आइकन अवार्ड’ पाएका छन् ।
गएको महिना टेलरको ‘फियरलेस’ एल्बमले युकेको नम्बर वन एल्बमको स्पट कब्जा जमाएको थियो । यो उनको तेस्रो एल्बम थियो जसले युकेको चार्टमा २५९ दिनसम्म पहिलो स्थानमा रहन सफल भएको थियो ।
मंगलबार हुने समारोह ४ हजार दर्शकबीच हुने र समारोहलाई ज्याक ह्वाइटहलले सञ्चालन गर्ने कार्यतालिका रहेको छ । ब्रिट अवार्डमा दुआ लिपा, आर्लो पार्कस्, सेलेस्टे, टी एन्ड बुग्से र निर्माता जोएल कोरी तीन विधामा मनोनयनमा परेका छन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया