तीन महिनामा तेस्राे पटक विश्वासको मत लिने तयारीमा

सुर्खेत- कर्णाली सरकार गठन भएको तीन महिना भयो । यो अवधिमा कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
शर्माले दुई पटक विश्वासको मत लिइसकेका छन् । प्रदेश सभाबाट दोस्रो पटक विश्वास आर्जन गरेको दुई साता नबित्दै शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । सत्तासाझेदार दल नेकपा एमालेले गएको सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको हो ।
गत शुक्रबार मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका थिए । सुरुवाती एक सय दिनको प्रगति देखाउनुपर्ने समयमा मुख्यमन्त्री शर्मा पटक-पटक विश्वासको मत लिनुपर्ने झमेलामा छन् । त्यसैगरी नयाँ समीकरणअनुसार सरकारलाई अघि बढाउनुपर्ने जिम्मा छ । यस्तै मन्त्रिमण्डललाई विस्तार गर्नुपर्ने छ । सरकार गठनमै सरकार अल्झिरहँदा फेरि पनि असारे विकासले प्राथमिकता पाउने निश्चित देखिन्छ ।
नयाँ आर्थिक वर्षको नजिकै आइपुग्दा प्रदेश सरकार भने राजनीतिक अस्थिरता र सत्तास्वार्थमा रोमल्लिएको छ ।
केन्द्रमा राजनीतिक समीकरण बदलिएपछि कर्णाली प्रदेशको सत्तासमीकरण पनि फेरिएको छ । निर्वाचनपछि पुस १० मा बनेको माओवादी–एमालेको समीकरण टुँगिएको छ । अब माओवादी र कांग्रेससहितको गठबन्धन सत्तासाझेदार हुनेछन् । तर, यसरी छोटो समयमै फेरबदल भइरहने समीकरणले प्रदेशमा विकास निर्माणका काममा भने बाधा हुने देखिन्छ ।
सरकार फेरबदल भइरहँदा विकास बजेट खर्च निराशाजनक अवस्थामा पुगेको छ । राजनीतिक क्षेत्रका जानकार पिताम्बर ढकाल स्थायी सरकार नहुँदा कर्णालीमा विकास निर्माणका काममा असर परेको बताउँछन् । यसले गर्दा नागरिकमा निराशा छाएको उनको भनाइ छ । ‘पटक-पटक सरकार परिवर्तन भइरहँदा विकासका कामहरू ठप्पै भएका छन्,’ ढकाल भन्छन्, ‘अधुरा रहेका योजना अलपत्र पर्ने गरेका छन् ।’

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया