ताप्लेजुङका सरकारी विद्यालयमा पाठ्यपुस्तक बिक्री वितरण सुरु

ताप्लेजुङ- आजदेखि सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालेका हुन् ।
लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्री वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो ।
यो वर्ष समयमै पाठ्यपुस्तक आएपछि विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमा नै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए ।
यो पटक कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक ल्याइएको छ । अघिल्लो शैक्षिक सत्रमा बिक्री वितरण भएको सङ्ख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासङ्घले जनाएको छ । नपुगेको खण्डमा भने पुनः ल्याएर बिक्री वितरण गर्ने बताइएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vfzzrn4krE_khgyjs9gwgq5yqpsx25pphbqvlqe46hotqpxywetwh21ui64day21vdga0b0.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया