कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको जारी चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९/१२/२९ गतेको सिफारिसमा संवत् २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेश सभाको चालु प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन २०७९ पुस १७ गते आइतबार आह्वान भएको थियो । २०७९ फागुन १७ गते बसेको पहिलो अधिवेशनको १३औं बैठकले तत्कालीन प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेको थियो । नामाकरणपछि कोशी प्रदेशका सभामुख बाबुराम गौतमले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । बैठक स्थगित भएकै अवस्थामा सरकारले चालु अधिवेशन अन्त्य गरेको हो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_KgLHPyWirC_dxuj5zjffwzigogai2gnuue1uq5ipj3yprxvf6rfmn3bnjwpxrxy8xmt3otn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया