प्रदेश-२ मा ९८१ को परीक्षण गर्दा ४९७ जनामा कोभिड पुष्टि

जनकपुरधाम : प्रदेश-२ मा आइतबार साँझ पछिल्लो २४ मा ९८१ जनाको स्वाब परीक्षण गर्दा ४९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको रिपोर्ट अनुसार सबैभन्दा बढी धनुषा जिल्लामा १२७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै महोत्तरीमा ११२ जना, सिरहामा ३३ जना, बारामा ६७ जना, सप्तरीमा २ जना, रौतहटमा ५० जना, पर्सामा ७१ र सर्लाहीमा ८ जना संक्रमित भएको छ भने अन्य प्रदेशका ११ जनामा समेत संक्रमण देखा परेको छ ।
आरटी पिसिआर ९०४ जनाको गर्दा ४६९ र एन्टिजेन विधिबाट ७१ जनाको परीक्षण गर्दा २८ जनामा संक्रमण फेला परेकामध्य महिला १ सय ५३ जना र पुरुष ३ सय ५३ जना रहेका छन् । योसँगै प्रदेशमा संक्रमणले ४ जना मृत्यु भएको छ भने ५७ निको भएर घर फर्केका छन् । मृतकमध्य सबै सिरहा जिल्लाकै रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया