सगरमाथामा हिमपहिरो: तीन जनाको मृत्यु

सोलुखुम्बु - सगरमाथामा गएको हिमपहिरोमा परी तीन जनाको ज्यान गएको छ । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर मुत्यु भएको बताइएको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ज्यान गुमाउने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पा छन् ।
पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । बिहान एक्कासि आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ ।
शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया