बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं - बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप दुर्घटना भएको हो ।

राति करिब साढे ११ बजे भएको दुर्घटनामा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार जीप सवार पाँचजना सकुशल छन् । 

मृतकको सनाखत हुन बाँकी छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेको उनले बताए ।