प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

काठमाडौँ : संसद्को विशेष अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज संसद्को विशेष अधिवेशन आह्वान गरिएको हो ।
तोकिएको समयमा बैठक बसाउने, नेताहरुले संक्षिप्त धारणा राख्ने, प्रधानमन्त्री जवाफ दिएपछि मतदान गरिने बताइएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतमाथि आज मतदान सक्ने गरी प्रक्रिया तय गरेको छ । समितिले स्वास्थ्य मापदण्ड अपनाउँदै सुरक्षित तरिकाले मतदान गर्ने कार्यक्रम बनाएको छ ।
मतदानको अधिकारबाट कसैलाई बञ्चित नगर्ने निर्णय लिएको छ । कोभिड संक्रमित सांसदहरुलाई एम्बुलेन्समा सुरक्षित तरिकाले मतदानस्थलसम्म ल्याइने र मतदान प्रक्रियामा सहभागी गराइनेछ । चिकित्सकहरु संसद् परिसरमै हुनेछन् ।
ओलीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ । संसद्मा सबैभन्दा ठूलो ओलीकै दल एमालेसँग १२१ सांसद छन् ।
ओलीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । कांग्रेसको ६१ सांसद छन् भने माओवादीको ४९ सांसद छन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना ३२ सांसदलाई स्वतन्त्रत्रता दिएको छ । महन्थ ठाकुर समूहले ओलीलाई विश्वासको मत दिने तयारी छ भने डा. बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले ओलीलाई विश्वासको मत नदिने बताइएको छ ।
एमालेकै झलनाथ खनाल-माधवकुमार नेपाल समूहले ओलीलाई विश्वासको मत दिने या नदिने आज बिहान ९ बजे निर्णय गर्दैछ ।

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

प्रतिक्रिया