आज 'न्यू इएर इभ ठमेल सडक महोत्सव' हुने

काठमाडौँ- ठमेलमा नेपाली नयाँ वर्षलाई स्वागत गर्न आज ठमेलमा 'न्यू इएर इभ ठमेल सडक महोत्सव' हुने भएको छ । मंगलबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा ३० गते बिहीबार त्रिदेवीमार्गस्थित सञ्चयकोष अगाडि नेपाली वर्ष २०८० को पूर्व सन्ध्यामा विभिन्न कार्यक्रम गरी नयाँ वर्षलाई स्वागत गरिने ठमेल पर्यटन विकास परिसदले जानकारी दिएको छ ।
महोत्सवमा प्रमुख अतिथिका रूपमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उपस्थिति रहने परिषदले जनाएकाे छ । महोत्सवमा नेपाली मौलिक कला झल्किने विविध कार्यक्रम गरिने छ । विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरी २०७९ लाई बिदा गरिने आयोजकले जनाएका छन् । वि.स २०८० लाई स्वागत गरी १२:३० मा महोत्सव समापन हुने छ ।
त्यसैगरी महोत्सवमा ठमेलका विभिन्न व्यवसायीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरिने परिषदले जनाएको छ । परिषदका अनुसार ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने अभियान रहेको छ ।
कोभिड-१९ को महामारीले थलिएको ठमेलको पर्यटन क्षेत्रलाई चलायमान गराउन लागेको परिषदका अध्यक्ष भवी शर्माले बताए । 'ठमेलको पर्यटन प्रवर्द्धन गर्न व्यवसायी, घरधनी र विभिन्न निकायसँग समन्वय गरिरहेका छौं,' उनले भने, 'वसन्त ऋतुको आगमनसँगै आन्तरिक तथा बाहय पर्यटकको आगमन संख्या बढेको छ।'
महोत्सवमा १ लाख आगन्तुकको उपस्थिति हुने अनुमान गरिएको शर्माले बताए । 'नयाँ वर्षका लागि ठमेलका अधिकांश होटल बुक भइसकेको छ,' उनले अगाडि थपे ।
महोत्सवको सांगीतिक पार्टनरका रूपमा नेपाल म्युजिक रहेको उनले जानकारी दिए ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_BdJzJc7fBS_htgipv5kokk0dqluypxadmwwon9muwrscztt9u4zryjkdwtk9ew52qoylygs.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया