सेतीमा उपचाररत ७ सङ्क्रमितको मृत्यु

काठमाडौँ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोभिड सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
श्रेष्ठकाअनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ३५ वर्षीया महिला, धनगढी-१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो ।
यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका-२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । रासस

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया