पाँचखालमा मेयर, उपमेयर र कर्मचारीका गाडी एम्बुलेन्समा परिणत
काठमाडौँ : पाँचखाल नगरपालिकाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाका मेयर महेश खरेलले एक विज्ञप्ति जारी गर्दै मेयरको सरकारी र निजी गाडी, उपमेयरको गाडी र प्रमुख प्रशासकीय अधिकृत चढ्ने चार वटा गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय भएको बताएका हुन् ।
नगरपालिकामा रहेका चार वटा एम्बुलेन्स सेवामा खटिएपनि अवस्था कठिन भएकाले नगरपालिका कार्यालयमा रहेका मेयर, उपमेयरका गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्नुपरेको मेयर खरेलको भनाइ छ ।
कोभिड संक्रमणबाट जोगिन पनि मेयर खरेलले आग्रह गरेका छन् । काठमाडौँसँग नाका जोडिएको क्षेत्र भएकाले पनि पाँचखाल नगरपालिका जोखिममा छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया