विराटनगरमा तीन फार्मेसीलाई कारबाही, झापाबाट १३३ अक्सिजन सिलिण्डर बरामद
विराटनगर : महगो मुल्यमा सेनिटाइजर बिक्री गर्ने विराटनगरका तीन वटा फार्मेसी कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्ताबाट बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने मोरङको बुढीगंगा २ स्थित टंकिसिनुवारीमा रहेको विज्ञान फार्मेसी, विराटनगर २ स्थित विराट नर्सिङ होम अगाडि सञ्चालित एस फार्मेसी र सोही स्थानमा रहेको बिनुका फार्मेसीलाई जरिबाना गराएको हो ।
विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको १२० एमएलको रबक्लिन ब्राण्डको सेनिटाइजर उपभोक्तालाई १६५ रुपैयाँमा बिक्री गरेको अनुगमनका क्रममा वाणिज्य कार्यालयले फेला पारेको थियो । उक्त फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ ।
यसै गरी अनुगमनकै क्रममा विराटनगर २ स्थित विराट नर्सिङ होम अगाडि सञ्चालित एस फार्मेसी र सोही स्थानमा रहेको बिनुका फार्मेसीलाई पनि वाणिज्य कार्यालयले जरिवाना गराएको छ । वाणिज्यले एस फार्मेसीलाई पाँच हजार रुपैयाँ र बिनुकालाई २० हजार रुपैयाँ जरिवाना गराएको हो ।
फार्मेसीले मास्क, सेनिटाइजर लगायतका बस्तु खरिद गरेको बिल बिजक दुरुस्त नराखेको भन्दै कार्यालयले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जाानकारी दिए ।
मोटरसाइकल ग्यारेजबाट १३३ अक्सिजन सिलिण्डर बरामद
यसै गरी कोभिड संक्रमितको उपचारका लागि चाहिले अत्यावश्यक अक्सिजन सिलिण्डरको अभाव भइरहेको बेला झापा प्रहरीले भने मोटरसाइकल ग्यारेजमा १३३ वटा सिलिण्डर फेला पारेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा प्रहरीको सक्रियतामा ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर बरामद गरी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ ।
गत बुधबारदेखि शनिबारसम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काँकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो । जम्मा पारिएका सिलिण्डरहरु रिफिल गर्नको लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया