नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गर्ने ‘हाम्रो बजार डटकम’का सञ्चालक पक्राउ

काठमाडौँ- अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरू सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरूलाई मोबाइलको मूल्य, डेलिभरी, कुरिअर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ ।
उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरूमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको जानकारी दिए ।
बीमाबापतको रकम ठगीमा कम्पनीकै कर्मचारी संलग्न
यता वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमाबापत पाउने रकममा ठगी गर्ने बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी रहेका छन् ।
प्रहरीले सोही ठगी प्रकरणमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–२६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई समेत पक्राउ गरी अनुसन्धान थालेको जानकारी गराएको छ । उनीहरूलाई पनि थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा बुझाइएको रेग्मीले जानकारी दिए ।
यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका रामबहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौँ गोङ्गबुबाट पक्राउ गरिसकेको छ । उनीहरूका साथबाट मृतकको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याडलगायत कागजातहरू बरामद गरिएको छ ।

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_RKmWdEvDGr_r8ry7msqkt8bmcumtw5lz7yzfvz3ikcom4q0txuhxh7q7sezm5uofiam51xp.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया