करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

काठमाडौँ- यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् ।
पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै रु २८ करोड रोयल्टी जम्मा भएको छ ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_BdJzJc7fBS_htgipv5kokk0dqluypxadmwwon9muwrscztt9u4zryjkdwtk9ew52qoylygs.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया