बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

धौलागिरी बेसक्याम्पमा हेलिकोप्टर दुर्घटना

प्रतिकात्मक तस्बिर

काठमाडौं– म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । सामान लिएर गएको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।
सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको थियो । क्याम्पमा अवतरण गर्ने बेलामा दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । उक्त हेलिकोप्टरलाई पाइलट प्रिया अधिकारीले उडाएकी थिइन् ।
प्रियाको उद्धारका लागि एयर डाइनेस्टी त्यसतर्फ गएको छ ।

नेपालको आकाशमा भएको हेलिकप्टर दुर्घटनामा अप्रिल १४,२०१९ (लुक्ला विमानस्थल) पछिको यो ३७ सौं घटना हो र हेली एभरेष्ट प्रा.लि. को पहिलो दुर्घटना हो । 

क्षतिकाे विवरण आउन बाँकी छ ।