बुटवलमा थप ६ जना संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीमा थप ६ जना कोभिड संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको छ । त्यस्तै बुटवलकै कोरोना विशेष अस्पतालमा एक महिलाको मृत्यु भएको हो ।
शनिबार कोभिड संक्रमण पुष्टि भएकी तिलोत्तमा-१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते कोभिड पोजेटिभ देखिएका तिलोत्तमा-३ का ४० वर्षीय पुरुषको आइतबार मध्यान्ह १२ बजे अस्पतालको इमर्जेन्सीमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार तिलोत्माकै वडा न ५ का ४८ बर्षिय पुरुषको पनि अस्पतालकै इमर्जेन्सीमा आइतबार नै मृत्यु भएको हो ।
यस्तै वैशाख २५ गते कोभिड संक्रमण पुष्टि भई इमर्जेन्सीमा भर्ना भएकी बुटवल-८ की ६५ वर्षीया महिलाको आइतबार मध्यान्ह मृत्यु भएको हो । यसैगरी वैशाख २४ मा कोभिड पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल-३ की ७४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै बुटवल १४ का ५२ वर्षिय महिलाको कोभिड अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो । उनलाई बैशाख १३ गते अस्पतालमा भर्ना गरिएको थियो ।
यससँगै रुपन्देहीमा कोभिड संक्रमणबाट मृत्यु हुने संख्या २७० पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया