नेपालपे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

काठमाडौँ- नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । उक्त अफर नेपालभर रहेका नेपालपे क्युआरका सम्पूर्ण मर्चेन्टहरूमा आजदेखि २०८० बैशाख २ गतेसम्म उपलब्ध हुने जनाएको छ ।
विभिन्न मर्चेन्टहरूमा Static QR, डिपार्ट्मेन्ट स्टोरमा Dynamic QR, इ–कमर्श पोर्टलमा QR गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्टआइपिएस बाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।
नयाँ वर्ष २०८० मा नेपालभर रहेका २ लाख ३५ हजारभन्दा बढी नेपालपे क्युआर मर्चेन्टहरूमा लागू गरिएको उक्त अफरमार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।
हाल नेपालपे क्युआर को सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरूमा उपलब्ध रहेको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_BA6i7GBAV3_v1tf7ci2uzawxfok6ftndrnbgay9ofikzzlyexbznuk6bff5myn62lcmmvz7.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया