बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

आगलागीबाट दश लाखको धनमाल नष्ट

फाइल फोटो

महोत्तरी - सोनमा(१ मा आज दिउँसो आगलागी हुँदा रु १० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । सोनमा बस्तीका मनोहर ठाकुर, इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

विद्युत् चुहिएर (विद्युत सर्ट भएर) सल्केको आगोले तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । 

आगलागीबाट तीनवटै घरमा राखिएको अन्नपात, खाना पकाउने ग्यास सिलिन्डर, लत्ताकपडालगायतका धनमाल नोक्सान भएको छ । आगलागीको लप्काले घर नजिकैको परालको कुन्यू भेट्टाउँदा बतासले चाँडै आगो फैलिएको थियो । आगो स्थानीय समुदाय, प्रहरी र सम्सीको बारुणयन्त्रबाट एक घण्टाको प्रयत्नले नियन्त्रण भएको प्रहरीले जनाएको छ ।

आगलागी भएका बखत घरका सबै परिवार काममा खेतबारी गएका थिए । जिल्लाको सुदूरपश्चिम–दक्षिणी भेगमा पर्ने यो बस्ती सदरमुकाम जलेश्वरबाट करिब ३० किलोमिटर दूरीमा पर्छ । चैत–वैशाख मधेसमा आगलागीका घटना बाक्लै हुने मौसम मानिन्छ ।
रासस