राष्ट्रपतिलाई भेट्न ओलीको दौडधुप

काठमाडौं : नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । नेकपा विवाद चरम उत्कर्षमा पुगेको बेला बुधबार बिहान शीतलनिवास पुगेर ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राष्ट्रपतिका प्रमुख स्वकिय सचिव भेषराज अधिकारीका अनुसार ओली नियमित रिर्पोटिङका लागि शीतलनिवास आएको बताए । 'प्रधानमन्त्रीज्यू नियमित रिर्पोटिङका लागि आउनु भएको हो' अधिकारीले इकागजसँग भने 'उहाँहरुबीच करिब आधा घण्टा छलफल भएको थियो ।'
नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् । राष्ट्रपति भण्डारीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र ओलीलाई मंगलबार मात्रै छुट्टाछुट्टै भटेर छलफल गरेकी थिइन् । ओलीले बैठक सार्न राष्ट्रपति भण्डारीमार्फत सुझाव दिए पनि दाहालले सचिवालय बैठक सार्न अस्वीकार गरेका थिए ।
र, यो पनि
- अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्न मञ्जुर
- गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
- १ बजे बालुवाटारमा सचिवालय बैठक बस्छ : नारायणकाजी
- नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?
सचिवालय बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । पार्टी सचिवालय बैठक टार्दै आएका ओली अन्तत आज दिउँसो १ बजे बस्ने बैठकमा सहभागी हुने उनी निकट एक नेताले इकागजलाई जानकारी दिएका छन् । ओलीले आफु पनि बैठकमा सहभागी हुने महासचिव विष्णु पौडेलमार्फत खबर पठाएका छन् । 'दाहाल र नेपाललाई १ बजे सचिवालय बैठक बस्ने जानकारी ओलीले महासचिव पौडेलमार्फत पठाउनु भएको छ' ओली निकट एक नेताले भने 'आज १ बजे बस्ने सचिवालय बैठकमा ओली सहभागी हुनुहुन्छ । मन्त्रिपरिषद् बैठक भने साढे २ बजे बस्ने तयारी छ ।' ती नेताका अनुसार मन्त्रिपरिषद् बैठक केही समय सारेर ओली सचिवालय बैठकमा सहभागी हुन लागेका हुन् ।
प्रधानमन्त्री ओलीको पत्रलाई दाहालले काउन्टर दिंदै अर्को पत्र दिएपछि कात्तिक २८ को बैठक तनावपूर्ण बनेको थियो । त्यस दिन ४० मिनेट पनि बैठक नबसी मंसिर ३ गते एक बजे बस्ने निधो भएको थियो । दुई अध्यक्षबीच आदान–प्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त पत्र सार्वजनिक नै भएपछि नेताहरुबीच थप तनाव उत्पन्न भएको हो ।
दाहालको प्रस्तावलाई आरोपपत्र भन्दै ओलीले त्यो प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । यस्तो प्रस्तावको जवाफ दिन नपर्ने भनिरहेका थिए ।

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

प्रतिक्रिया