सर्लाहीबाट २६८ थान नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामप्रसादबाट उक्त नोट बरामद गरेको हो ।
कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डल पनि उनीबाट बरामद भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया