श्रीलंकाविरुद्धको टी-२० सिरिज न्यूजिल्यान्डलाई

काठमाडौँ- घरेलु टोली न्यूजिल्यान्डले श्रीलंकाविरुद्धको ३ खेलको टी-ट्वान्टी सिरिज २-१ ले जितेको छ । क्विन्सटाउनमा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेल न्यूजिल्यान्डले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिजमाथि कब्जा जमाएको हो ।
अन्तिम खेलमा जितका लागि चाहिएको १ सय ८३ रनको लक्ष्य न्यूजिल्यान्डले एक बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो । न्यूजिल्यान्डलाई जित दिलाउन टिम सेफर्टले ४८ बलमा १० चौका र ३ छक्काको मदतमा सर्वाधिक ८८ रन बनाए । श्रीलंकाका लाहिरु कुमाराले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो । श्रीलंकाका लागि कुल मेन्डिसले सर्वाधिक ७३ रन बनाए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया