कंगनाका दुःख : एउटा पोस्टले ट्विटर ह्यान्डल गयो, अर्को पोस्टले वेस्ट बंगालमा मुद्दा

मुम्बई : कंगना रनावत अपराधी हैनन् तर कम्तीमा उनका विरुद्ध प्रहरीमा आधा दर्जन मुद्दा छन् । कुनै मानहानीका त कुनै समाजलाई दिग्भ्रमित गरेका । यसरी कंगना विरुद्ध परेका धेरै मुद्धा महाराष्ट्रमा दर्ता छन् । तर, केही दिन अघि उनले गरेको ट्विटले वेस्ट बंगाललाई पनि चिढ्याएको छ ।
वेस्ट बंगालमा भारतीय जनता पार्टी नराम्ररी हारेपछि मोदीभन्दा बढी कंगना बिच्किइन् । उनले वेस्ट बंगलाको मुख्यमन्त्री ममता बनर्जीलाई तथानाम गर्दै जनतालाई पनि उनका विरुद्ध उभिन ट्विट गरिन् । यही कारणले उनको ट्विटर उड्यो ।
यति गर्दा पनि कंगना चुप लागिनन् । ट्विटर नपाएपछि इन्स्टामा ममता बनर्जीका विरुद्ध विष वमन जारी राखिन् । ‘फासिस्ट राक्षस ममतालाई समर्थन गर्नेलाई धिक्कार छ जो आफ्ना समर्थकलाई पनि सुरक्षा दिन सक्दिनन्,’ उनले इन्स्टामा लेखेकी थिइन् ।
उनले लेखेका कुराले वेस्ट बंगालमा हिंसा भड्काउन उक्साएको र सँगसँगै मुख्यमन्त्री ममता बनर्जीको छविलाई पनि धमिल्याउने मनसाय राखेको भन्दै अधिकारीकर्मी रिजु दत्ताले उनका विरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । उनले कंगना विरुद्ध यथासक्य चाँडो कारबाही गर्न पनि आग्रह गरेकी छिन् ।
यसैबीच कंगनालाई कोरोना पोजिटिभ पनि देखिएको थियो । उनले यसलाई सामान्य रुपमा लिनु पर्ने आग्रह गर्दै पोस्ट लेखेपछि यसले पनि धेरैलाई चिढ्याएको थियो । मानिस यही रोगका कारण भकाभक मरिरहँदा कोरोनालाई सामान्य भनेको भन्दै मानिस कंगनासँग रिसाएका थिए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया