मोटरसाइकको ठक्करबाट तीन विद्यार्थी घाइते

दार्चुला- दार्चुलामा मोटरसाइकलले ठक्कर दिँदा तीन विद्यार्थी घाइते भएका छन् । महाकाली नगरपालिका-७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह मालिकार्जुन नमुना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका-८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी छन्। भाटको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम छ। त्यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक महाकाली नगरपालिका-४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया