१ सय २४ किलाे गाँजासहित ट्रक चालक नियन्त्रणमा

जनकपुरधाम । धनुषाको लक्ष्मिनिया गाउँपालिका स्थित लक्ष्मिनिया चोकबाट मधेस प्रदेश प्रहरीले १ सय २४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरबाट भारत पठाउनका ट्रकमा लोड गरी लगिरेको अवस्थामा पूर्व पश्चिम राजगमार्ग अन्तर्ग जनकपुर ढल्केवर सडक खण्डको लक्ष्मिनिया चोकमा सवारी चेकजाँचको क्रममा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले गाँजासहित चालकलाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गाँजा पैठारी हुन लागेको गोप्य सूचनाको आधारमा प्रहरी विशेष टोलीले ना ७ ख ४२५१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा गाँजा बरामद भएको थियो । गाँजासँगै ट्रक चालक मकवानपुर ८ मनहरीका सन्तवीर दोङ्गलाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् । चालक दोङ्गलाईसहित पक्राउ गरिएको उनले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया