अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्न मञ्जुर

काठमाडौं : सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अन्तत: गलेका छन् । पार्टी सचिवालय बैठक टार्दै आएका ओली आज दिउँसो १ बजे बस्ने बैठकमा सहभागी हुने भएका छन् ।
ओलीले आजै दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता माधवकुमार नेपाल समूहले १ बजे जसरी पनि सचिवालय बैठक बस्ने अडान लिएपछि ओलीले आफू पनि बैठकमा सहभागी हुने महासचिव विष्णु पौडेलमार्फत खबर पठाएका छन् । 'दाहाल र नेपाललाई १ बजे सचिवालय बैठक बस्ने जानकारी ओलीले महासचिव पौडेलमार्फत पठाउनु भएको छ' ओली निकट एक नेताले इकागजसँग भने 'आज १ बजे बस्ने सचिवालय बैठकमा ओली सहभागी हुनुहुन्छ । मन्त्रिपरिषद् बैठक भने साढे २ बजे बस्ने तयारी छ ।'
ती नेताका अनुसार मन्त्रिपरिषद् बैठक केही समय सारेर ओली सचिवालय बैठकमा सहभागी हुन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले राति मन्त्रिपरिषद् बैठक तय गरेर सुतिसकेका कर्मचारीलाई जानकारी पठाएको एक अधिकारीले बताए । ‘बिदा थियो, सबै आफ्नै काममा थियौं तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीलाई बैठकको जानकारी दिनू भन्दै खबर आयो’ एक सचिवले सुनाए, ‘पौने दस बजेतिर सबै मन्त्रीहरुलाई खबर गर्नू भन्ने आयो, प्रायः बिहीबार बैठक बस्ने गरेकाले त्यति वास्ता गरेका थिएनौं ।’
र, यो पनि
- गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
- १ बजे बालुवाटारमा सचिवालय बैठक बस्छ : नारायणकाजी
- नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?
प्रधानमन्त्रीले आफ्ना दूत मात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि बढाउँदासमेत दाहालले सचिवालय बैठक सार्न अस्वीकार गरेपछि समय जुधाएर मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठक रोक्न भन्दै ओलीको सन्देश लिएर दाहालकोमा मंगलबार पुगेका महासचिव पौडेल दाहालको अडानपछि फर्केका थिए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले पनि कुलिङ पिरियड भन्दै केही दिनपछि बैठक गर्न पहल गरिरहेका थिए । तर, अध्यक्ष दाहालतिरका पूर्व प्रधानमन्त्रीद्वय नेपाल र झलनाथ खनाल अनि नेकपा उपाध्यक्ष वामदेव गौतम र सदस्य श्रेष्ठले बैठकबाटै समस्या समाधान हुने हुँदा बैठक सार्ने कुरै नगर्न आग्रह गरिरहेका थिए । दाहालले दूतहरुलाई मात्र होइन राष्ट्रपति भण्डारीको आग्रहलाई नै अस्वीकार गरेका थिए ।
प्रधानमन्त्री ओलीको पत्रलाई दाहालले प्रतिवाद गर्दै अर्को पत्र दिएपछि कात्तिक २८ को बैठक तनावपूर्ण बनेको थियो । त्यस दिन ४० मिनेट पनि बैठक नबसी मंसिर ३ गते एक बजे बस्ने निधो धएको थियो । दुई अध्यक्षबीच आदान–प्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त पत्र सार्वजनिक नै भएपछि नेताहरुबीच थप तनाव उत्पन्न भएको हो ।
दाहालको प्रस्तावलाई आरोप पत्र भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । यस्तो प्रस्तावको जवाफ दिन नपर्ने भन्दै उक्त प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओलीले दिएका थिए ।
पूर्वप्रधानमन्त्री खनालले बैठक किन सार्ने भन्दै यस्तो गैरजिम्मेवारी कदममा प्रधानमन्त्रीलई अघि नबढ्न सुझाएका थिए । उनले जे हुन्छ बैठकमा नै गरौ भन्ने धारणा राखेका थिए । उनीमात्र होइन कैयन नेताले बैठकबाट प्रधानमन्त्री भाग्न नहुने र अन्य अप्रिय निर्णय लिन नहुने सुझाव दिएका थिए ।

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

प्रतिक्रिया