प्रदेश २ का प्रहरी र थुनुवामा संक्रमण बढ्दो

जनकपुरधाम : प्रदेश २ का सुरक्षा निकायमा पनि कोभिड-१९ संक्रमणको दर बढदै गएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार आइतबार बिहानसम्म कोभिड संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ प्रहरी र ५६ जना थुनुवा संक्रमित भएका छन् ।
महोत्तरी बाहेक प्रदेशका ७ वटै जिल्लाका प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ भने हिरासतमा रहेका थुनुवाहरु समेत संक्रमण भइरहेको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले दिएको जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी बारा जिल्लामा ६ जना प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २ र सप्तरी, धनुषा तथा रौतहटमा एक एक जना प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये पर्साका एक प्रहरी कर्मचारीको अक्सिजन लगाएर उपचार भइरहेको छ भने अन्य जिल्लाका संक्रमित प्रहरी र थुनुवाको अवस्था सामान्य रहेको छ । उनीहरुको सम्बन्धित कार्यालयकै आइसोलेशन कक्षमा उपचार भइरहेको जनाइएको छ ।
त्यस्तै, प्रदेशमा सबैभन्दा बढी पर्सा प्रहरी कार्यालयमा थुनुवा संक्रमित भएका छन । डिआईजी सिंहका अनुसार पर्सामा ३९ जना, रौतहटमा १०, धनुषामा ५ तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका एक एक जना थुनुवा संक्रमित भएका छन । सप्तरी र सिरहाका थुनुवामा पनि संक्रमण देखिएको छ ।
जोखिम भएपनि प्रहरी कर्मचारी सेवाबाट विमुख नहुने भन्दै यसपालिको कोभिड–१९ विरुद्ध आम नागरिकको शान्ति सुरक्षाका लागि प्रहरी कर्मचारी दिनरात खटिरहने उनले बताए ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया