कलकताले बैंग्लोरलाई हरायो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत कलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शानदार जित हात पारेको छ । बिहीबार राति इडेन गार्डेन्समा भएको खेलमा कलकताले बैंग्लोरलाई ८१ रनले पाखा लगायो । आईपीएलमा कलकताको पहिलो जित तथा बैंग्लोरको पहिलो पराजय हो ।
जितका लागि २ सय ५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २३ रनमात्र जोड्न सक्यो । उसका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । बैंग्लोरलाई सस्तैमा समेट्न कलकताका वरुण चक्रवर्तीले सर्वाधिक ४ विकेट तथा सुयास शर्माले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनायो । शार्दुल ठाकुरले सर्वाधिक ६८ रन बनाउँदा रहमानुल्लाह गुरबाजले ५७ रनको योगदान गरे ।
बैंग्लोरका लागि डेभिड विल्ली र कर्ण शर्माले समान २-२ विकेट हात पारे । आज राति लखनउ सुपर जायन्टसले सनराइजर्स हैदराबादको सामना गर्ने भएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया