बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ

काठमाडौं - सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताए ।
यसपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । साथै आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ)लाई ध्यानमा राखेर आफ्नो धारणा राख्न निर्देशन दिएका हुन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया