शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण  पठाउने

लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करिब २ करोड रुपैयाँ  बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका  लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु  पठाउने निर्णय गरेको हो ।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल  अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउदै अल्पकालिन तथा दिर्घकालीन योजना सहित  अघि बढ्नु पर्ने सुझाव दिए । त्यस्तै, एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा  आइसोलेसन केन्द्र स्थापना गर्न लागेको एनआरएनएले जनाएको छ ।