समर्थक आन्दोलनमा उत्रिएपछि युनाइटेडले २० करोड पाउण्ड गुमाउने

काठमाडौँ: युरोपियन सुपर लिग तम्सिएका क्लबमध्येको एक हो म्यानचेस्टर युनाइटेड । युनाइटेड बाहेक लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनहम पनि विद्रोही लिग आयोजनामा लागे । तर, समर्थकको विरोधका कारण सबै इंग्लिस क्लब हच्किए ।
युनायटेड समर्थक त ओल्ड ट्राफोर्ड भित्रै पसे । क्लब मालिक रहेको ग्लेजर परिवारविरुद्ध नारा लगाए । जसले गर्दा लिभरपुलसँको खेल नै स्थगित भयो । युनाइटेड समर्थकले गरेको विरोध प्रदर्शनले प्रायोजक पनि हच्किएका छन् । युनाइटेडको ‘ट्रेनिङ किट’ प्रायोजन गर्ने सहमत भएको दी हट गु्रपले आफ्नो निर्णय परिवर्तन गरेको छ ।
दी हटले युनाइटेडको ‘ट्रेनिङ किट’ प्रायोजनमा २० करोड पाउण्ड खर्च गर्ने सहमती गरेको थियो । तर युनाइटेड समर्थकको ग्लेजरप्रति लक्षित विरोध चर्कदै गएपछि दी हटले प्रायोजन सम्झौँता नगर्ने निर्णय गरेको बेलायती अबखार दी गार्डियनले लेखेको छ ।
हाल युनाइटेडको ‘ट्रेनिङ किट’ लाई एओएनले प्रायोजन गरेको छ । तर युनाइटेड र एओएनबीचको सम्झौँता जुनमा सकिँदैछ । त्यसकारण युनाइटेडले नयाँ प्रायोजकको खोजी गरिरहेको हो । दी हटले आफ्नो ब्रान्ड माई प्रोटिनलाई युनाइटेडको ‘ट्रेनिङ किट’ मा राख्न खोजेको थियो । प्रारम्भिक सहमती अनुसार माई प्रोटिन युनाइटेडको ‘ट्रेनिङ किट’ मा १० वर्षसम्म रहने योजना थियो । तर युनाइटेड समर्थकले प्रायोजकहरुलाई प्रायोजन नगर्न खबरदारी गरेपछि दी हट पछि हटेको हो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया