शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

सरकारको न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक गरिने

फाइल तस्बिर

काठमाडौँ - १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले साँझ ५ बजे न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए। उनका अनुसार साना केही सुझावहरू आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिनसक्ने ५ बजे सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको हो । 

महासचिव गुरुङले आजको बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे ।