माल्टामा नेपाल डे मनाइने

माल्टा- नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ वर्षमा नेपालमा पर्यटन पवर्द्धन गर्ने उद्देश्यले नेपाल डे मनाइने भएको छ । माल्टामा अवस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि, नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनका कार्यसमितिका पदाधिकारीहरूको बैठकले नेपाल डे कार्यक्रम मनाउने निर्णय गरेका हुन् ।
नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाउन र नेपालमा पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिन लागिएको बताए ।
नेपाल बहुजाति, बहुधार्मिक,बहु साँस्कृतिक अनि विविध भाषा , भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गर्दै उनले समस्त माल्टा बासि नेपालीहरूलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न, पर्यटन व्यवसायलाई फस्टाउन नेपाल डेलाई सफल र भव्य बनाउन आग्रह पनि गरे ।
रोजगारीको शिलशिलामा कर्मभूमि माल्टामा रहँदै गर्दा पनि आफ्नो मातृभूमिलाई चिनाउनको लागि नेपालि नया वर्ष २०८० सालको अवसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरिनेछ । उक्त कार्यक्रमलाई नेपाली राजदूतावास लन्डन/स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एवम् कोस्टा क्लिन फाउन्डेसन माल्टाले सहयोग गरेका छन् ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया