सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

नेपालको एकदिवसीय वरीयतामा फेरि सुधार

काठमाडौँ- नेपालको आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा पुनः सुधार भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थानमाथि १४ औँ स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पारेपछि नेपालले एकदिवसीय वरीयतामा ठूलो फड्को मारेको छ । वरीयतामा रहेका नेपाल १९ औँ बाट १४ औँ स्थानमा आइपुगेको हो ।

नेपालले ओमान तथा नेदरल्यान्ड्सलाई पनि पछि पारेको छ । अस्ट्रेलिया, न्यूजिल्यान्ड र भारत शीर्ष ३ मा रहेका छन् ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतमा भने नेपाल १६ औँ स्थानमा यथावत छ ।