अमेरिका र युएईले पनि नेपालसँगै विश्वकप छनोट खेल्ने

काठमाडौँ- जिम्बाब्वेमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा अमेरिका र युनाइटेड अरब इमिरेट्स (युएई) ले पनि खेल्ने निश्चित भएको छ । नामिबियामा जारी प्लेअफबाट अमेरिका र युएई विश्वकप छनोटमा स्थान बनाएका हुन् ।
६ टिमको सहभागिता रहेको प्लेअफमा अमेरिकाले ५ मध्ये ४ खेलमा जित हात पार्दै विश्व छनोटमा स्थान बनाउँदा समान ३ खेल जितेपनि नामिबियालाई पछि पार्दै युएईले पनि आफ्नो स्थान सुरक्षित गरेको हो । हेड-टु-हेडका आधारमा युएईले नामिबियालाई पछि पार्यो ।
यससँगै जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोट खेल्ने ९ टिमको टुंगो लागेको छ । विश्वकप छनोट खेल्ने नेपालसँगै अमेरिका, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन् । आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टिमले पनि छनोट खेल्नेछ । छनोटबाट २ टिम विश्वकपमा स्थान बनाउने छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया