श्रीलंकामाथि न्यूजिल्यान्डको शानदार जित
काठमाडौँ- घरेलु टोली न्यूजिल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा शानदार जित हात पारेको छ । डुनेडिनेमा आज भएको खेलमा न्यूजिल्यान्डले श्रीलंकालाई ९ विकेटले पराजित गर्यो । तीन खेलको सिरिजमा पहिलो खेल भने श्रीलंकाले जितेको थियो ।
जितका लागि १ सय ४२ रनको लक्ष्य न्यूजिल्यान्डले केवल १४ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । न्यूजिल्यान्डको जितमा टिम सेफर्टले अविजित ७९ रन जोडे । चाड बाओसले ३१ रन र कप्तान टम लाथमले २० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमै सबै विकेट गुमाएर १ सय ४१ रन बनायो । उसका लागि धनन्जय डि सिल्भाले ३७ रन तथा कुशल परेराले ३५ रन बनाए । न्यूजिल्यान्डका एडम मिल्नेले सर्वाधिक ५ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया