पोखरामा ९ संक्रमितको मृत्यु

पोखरा : गण्डकीमा थप ९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार कास्कीका ५ जना सहित प्रदेशभर ९ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीका ५, स्याङ्जाका २, म्याग्दी र रुपन्देहीका १/१ जना छन् ।
कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । यस्तै पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डठकी मेडिकल कलेजमा मृत्यु भएको हो । यी ३ जना संक्रमितमा २३ वैशाखमा कोरोना पुष्टि भएको थियो ।
पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शबिार राती मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो । म्याग्दी मालिका गाउँपालिका-५ का ५८ वर्षीय संक्रमितको शुक्रबार बेलुका मृत्यु भएको हो । यी दुवै संक्रमितमा १८ वैशाखमा कोभिड देखिएको थियो ।
स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । वालिङ नगरपालिका-३ का ४५ वर्षीय कोरोना संक्रमितको शबिार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनमा २३ वैशाखमा कोरोना देखिएको थियो । प्रदेशभर कोभिडका कारण मृत्यु हुनेको संख्या २ सय ६० पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया