सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताइन् । उनले कतिपय सञ्चारमाध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसद्मा प्रस्तुत भएको बताइन् ।
प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरूमा नयाँ वातावरण सिर्जना हुने उनको भनाइ छ। उनले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन् । मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इनटरनेटको पहुँच विस्तार गर्न नसकेको बताइन् ।
मन्त्री शर्माले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चारमाध्यमहरूले प्रशारण एवं प्रकाशन गर्न जरुरी रहेको बताए ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया