शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

डरको अगाडि जित छ

काठमाडौँ- माउण्टेन डिउले सधैँ नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ । नेपाली युवाहरूलाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसिमार्फत् उनीहरूभित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता थप्दै माउण्टेन डिउले ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाही अभिनित आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको छ ।

जिन्दगी–भन्दा–ठूलो, अत्यन्त जोखिमयुक्त स्टण्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्राण्डको विद्यमान 'डरको अगाडि जित छ' भन्ने मूल मन्त्रलाई नेपाली उपभोक्ताहरूमाझ अझ व्यापक बनाउने विश्वास गरिएको छ ।

अत्यन्त जोखिमले भरिएको फिल्म अनूपले एउटा कार्गो प्लेनमा एकदमै उच्च स्थानबाट यसभन्दा अघि कहिल्यै नगरेको बिना सहायता हामफाल्ने स्टण्ट गर्न लागेकोबाट शुरु हुन्छ, जुन स्टण्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ ।

जब उसको समुहले स्टण्टको जोखीम स्थानमा औल्याउँदछ तब हामीले अनूपले आफ्नो् अगाडि आएको छनौटको मुल्याँकन गरेर चिन्ता लिएको देख्छौं । त्यस्तैमा उसले माउण्टेन ड्युको एक चुस्कि पिए पश्चात् उसको मुहारमा आएको दृढता देखिन्छ र उसले चुनौतीको सामना निर्धक्कपूर्वक गर्दछ अनि सबैका सामू ऊ विजेता बनेर उभिन्छ । 

फिल्ममा माउण्टेन डिउको विश्वासलाई दर्शाइएको छ, जस अनुसार अगाडि आइपरेको चुनौतीहरू सामना गर्नु पर्दा त्यहाँ २ रोजाईहरू हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने–यही नै त्यो रोजाई हो जसले वास्तविक हिरोहरूलाई बाँकी अरुभन्दाभिन्न राख्दछ ।

प्रचार अभियानको बारेमा जानकारी दिंदै पेप्सीको, नेपालका वरिष्ठ मार्केटिङ्ग डाइरेक्टर श्री अनुज गोयलले भन्नु भयो 'डरको अगाडि जित छ' भन्ने आदर्श वाक्यका साथ माउण्टेन डिउले सधैं नै जोखिम मोल्नेहरूलाई सलाम गर्दै आएको छ र ग्राहकहरूलाई उनीहरूको डरसँग जुधेर, कठिनाईहरूको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको छ ।

यो हाम्रो नयाँ रोमाञ्चकारी र अत्यन्त जोखीमपूर्ण स्टण्टमार्फत् माउण्टेन ड्युले वास्तविक हिरोहरू ती हुन् जसले उनीहरूको अगाडि आइपरेको चुनौतीको डटेर सामना गर्दछन् र विजेता बनेर उभिन्छन् भनेर दर्शाउने लक्ष्य लिएको छ । हामी एकपटक फेरि अनूपसँग सहकार्य गर्न पाएकोमा हौसिएका छौं, जसले माउण्टेन ड्युको आदर्शलाई वास्तविकतामा परिणत गरिदिएको छ । हामी आशावादी छौं कि हाम्रा उपभोक्ताहरू र अनूपका प्रशँसकहरूले माउण्टेन ड्युसँगको डरको अगाडि जित छ भन्ने यो विश्वासलाई गुञ्जायमान गराउनु हुनेछ ।'

टिभिसि सुटिङ्ग गर्दाको आफ्ना् अनुभव सुनाउँदै ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीले भन्नु भयो माउण्टेन डिउको लागि यो नयाँ रोमाञ्चक विज्ञापन सूट गर्नु मेरो लागि एक मुटु कमाउने अनुभव रह्यो । सधैंजसो यसप्रकारको प्रतिष्ठित ब्राण्डसँग आबद्ध हुन पाउनु र डरको अगाडि जित छ भन्ने आदर्श, जसलाई मैले पनि अँगीकार गरेको छु, त्यसलाई समर्थन गर्न पाउनुले मलाई हर्षित बनाएको छ । मलाई विश्वास छ कि नयाँ प्रचार अभियानले नेपालका युवाहरूलाई प्रोत्साहित गर्नेछ र उनीहरूलाई उनीहरूका डरहरूसँग जुध्न हिम्मत जुटाउनेमा विश्वस्त छु र बाधाहरू साना ठूला चाहे जे भएपनि त्यसमाथि विजयी हासिल गरेरै छाड्ने्छन् ।'

नयाँ माउण्टेन डिउप्रचार अभियान र टिभिसि टिभि, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापकरुपमा प्रचार प्रसार गरिनेछ । माउण्टेन ड्यु आधुनिक एवं परम्परागत पसलहरूका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरूभरी सिंगलरमल्टि सर्भ प्याकहरूमा उपलब्ध रहेको जनाएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम