सुन्दरहरैँचाले सुरु गर्यो घरमै निःशुल्क औषधिसहितको प्राथमिक उपचार सेवा

विराटनगर : कोभिड-१९ महामारीको दोस्रो चरणवाट नागरिकहरूलाई सुरक्षित राख्न मोरङको सुन्दरहरैँचा नगरपालिकाले बिरामीहरूलाई घरमा नै औषधिसहितको प्राथमिक उपचारका लागि स्वास्थ्य टोली खटाएको छ । नगरपालिकाले बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराएको जनाएको छ ।
नगरका १२ वटै वडाहरूमा स्वास्थ्यकर्मी खटाइ कोरोना संक्रमण भइ होम आइसोलेसनमा बसेका विरामीहरूलाई अत्यावश्यक औषधि निशुल्क वितरण र प्राथमिक उपचार गरिरहेको नगर प्रमुख शिवप्रासद ढकालले जानकारी दिए । नगरबासीलाई अस्पतालसम्म पुर्याउन २४ घण्टा दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख ढकालले बताए ।
एम्बुलेन्सले विरामीहरूलाई निःशुल्क अस्पताल पुर्याउने ढकालको भनाइ छ । नगर क्षेत्रमा रहेको पूर्वाञ्चल विश्वाविद्यालयलाई कोभिड-१९ का बिरामीहरूको उपचारका लागि ५० वेड आइसोलेशन तत्काल सञ्चालनमा ल्याउन नगरले आवश्यक सहयोग गर्ने भएको छ ।
यसै गरी सुन्दरहरैंचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग बाणिज्य संघसँगको सहकार्यमा १ सय ५० थान अक्सिजनका सिलिण्डरको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । प्लाज्मा थेरापी र अन्य बिरामीहरूका लागि रगत संकलन गर्न गछिया जेसिस र इन्द्रपुर जेसिससँग समन्वय गरी रक्तदान कार्यक्रम सञ्चालन गर्ने तयारी भएको प्रमुख ढकालले वताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया