१ बजे बालुवाटारमा सचिवालय बैठक बस्छ : नारायणकाजी

काठमाडौं : नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज दिउँसो १ बजे बस्ने बताएका छन् । पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बैठक बस्ने श्रेष्ठले जानकारी दिए । 'हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ' श्रेष्ठले ट्वीट गरेका छन् ।
त्यस्तै सचिवालय बैठकलाई चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे बोलाएका छन् । कात्तिक २८ को सचिवालय बैठकले आज एक बजे अर्को बैठकको तय भए पनि ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
र, यो पनि
- नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?
पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठले इकागजसँग भने, ‘प्रधानमन्त्रीले आज १ बजे मन्त्रिपरिषद् बैठक राखेको जानकारी आएको छ यो ठीक होइन ।' अर्का अध्यक्ष एवं सचिवालय सदस्यहरुसँग सल्लाह नगरी तोकिएको समयमा बैठक जुधाउने कार्यले ‘सबै हुँ’ भन्ने प्रधानमन्त्रीको सोचको उपजको रुपमा श्रेष्ठले ब्याख्या गरेका छन् ।
हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।
— NKShresthaPrakash (@nksthaprakash) November 18, 2020
‘हामी अन्तिम समयसम्म पनि दललाई मिलाएर लैजानुपर्छ । एकल निर्णयमा होइन सामूहिक निर्णयमा हिँड्नुपर्छ । सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने हो,’ श्रेष्ठले भने, ‘कसैको हठ र अहंमताले कैयन मुलुकमा पार्टी र आफ्नो अस्तित्व नै समाप्त भएका उदाहरण छन् ।’
प्रधानमन्त्रीले राति मन्त्रिपरिषद बैठक तय गरेर सुतिसकेका कर्मचारीलाई जानकारी पठाएको पनि एक अधिकारीले बताए । ‘बिदा थियो, सबै आफ्नै काममा थियौं तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीलाई बैठकको जानकारी दिनु भन्दै खबर आयो’ एक सचिवले सुनाए, ‘पौने दश बजेतिर सबै मन्त्रीहरुलाई खबर गर्नु भन्ने आयो ।’ प्रायः बिहीबार बैठक बस्ने गरेकाले त्यति वास्ता गरेका थिएनौं ।’

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

प्रतिक्रिया