च्याम्पियन्स लिग खेल्ने लिभरपुलको सम्भावना कायमै
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई हराएको छ । शनिबार राती भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-० गोलले हराएको हो ।
लिभरपुलका लागि साडियो माने र थियागो एलकान्टाराले गोल गरे । जितपछि लिभरपुल ३४ खेलबाट ५७ अंक जोड्दै लिगको छैटौ स्थानमा उक्लिएको छ । लिगको १६ औँ स्थानमा रहेको साउथह्याम्पटनको भने ३७ अंक छ ।
अब लिभरपुलभन्दा अगाडि वेष्टह्याम, लेस्टर र चेल्सी छन् । वेष्टह्यामको ५८, लेस्टरको ६३ र चेल्सीको ६४ अंक छ । यदि अब लिगमा बाँकी रहेका खेलमा लिभरपुलले शतप्रतिशत जित निकाल्न सकेमा शीर्ष चारमा रहेर आउँदो सिजनको च्याम्पियन्स लिग खेल्न पाउनेछ ।
साविक विजेता समेत रहेको लिभरपुल च्याम्पियन्स लिगबाट पनि बाहिरिएमा भने दुर्भाग्य हुनेछ । शनिबार राती नै भएका अन्य खेलमा लिड्सले टोटनहमलाई ३-१ गोलले हराउँदा क्रिष्टल प्यालेसले शेफिल्ड युनाईटेडलाई २-० गोलले हरायो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया