घरमै सुत्केरी भएकी अस्मिताको मृत्यु

चितवन- जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए ।
'दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ । तर सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा उनको मृत्यु भयो' उनले भने । घटनास्थल पुगेका स्वास्थ्यकर्मीलाई उदृत गर्दै लामाले ती महिलाको पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शालनाल जबरर्जस्ती निकाल्न खोज्दा उनको मृत्यु भएको बताए । उनले भने 'शुक्रबारदेखि सुत्केरी व्यथा लागेकी चेपाङको घरमै शिशुको जन्म भएको तर शालनाल निकाल्ने क्रममा जबरर्जस्ती गरेका कारण पाठेघर बाहिर निस्किएर मृत्यु भएको त्यहाँ पुगेका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।'
यसअघि दुई सन्तानलाई जन्म दिएकी चेपाङको यो तेस्रो बच्चा हो । शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको उनले बताए । विकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट निकै पछाडि छन् । रासस

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया