राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड शिक्षण अस्पतालमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
स्वास्थ्यमा समस्या आएपपछि शनिबार राति राष्ट्रपति पौडेल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
आइतबार प्रधानमन्त्री प्रचचण्ड अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
पेटको दुखाइका कारण राष्ट्रपति पौडेललाई शनिबार अस्पताल लगिएको थियो । राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया