सिलिण्डर खोज्दै नेपालगञ्ज उपमहानगर प्रमुख

नेपालगञ्ज : नेपालगन्जमा रहेका आइसोलेशन र कोभिड-१९ अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्ज उपमहानगर पालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा सिलिण्डरको खोजीमा लागेका छन् । अस्पतालबाहेक अन्य काममा प्रयोग भएका सिलिण्डर नगर प्रमुख डा. राणाको पहलमा आइसोलेशन केन्द्रसम्म आइपुगेका छन् ।
अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नेपालगन्जका नगर प्रमुख राणाले औद्योगिक क्षेत्रमा राखिएका सिलिन्डर रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेशनमा केन्द्रमा बुझाएका छन् ।
नगर प्रमुख राणाका स्वकीय सचिव विरेन्द्र रावतका अनुसार शनिबार चार सिलिण्डर आइसोलेशनमा जम्मा गरिएको छ । यो अभियानलाई निरन्तरता दिने नगर प्रमुख राणाले बताएका छन् । नेपालगन्ज उपमहानगरले रामलिला मैदान, वडा नम्बर ४ र ह्वाइटहाउसमा आइसोलेशन सञ्चालन गरिरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया