शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

रामेछापमा जीप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

रामेछाप- रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । 

खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काण्माडौँका लागि छुटेकाे बा १६ च ३२२५ नम्बरको जीप खाँडादेवि–१ डाँडागाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा बाेलेराे चालक खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङको घटना स्थलमै ज्यान गएकाे छ।

यस्तै, खाँडादेवि गाउँपालिका–७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र उनका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उनकी छोरी ७ वर्षकी कुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र एक जना जापानका नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएकाे छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।