ला लिगामा एथ्लेटिको र बार्सिलोनाको बराबरी
काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको म्याड्रिड र बार्सिलोनाले बराबरी खेलेका छन् । शनिबार राती भएको महत्वपूर्ण खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।
यो बराबरीले तेस्रो स्थानको रियल म्याड्रिडलाई प्रत्यक्ष फाइदा पुगेको छ । बराबरीबाट शीर्ष स्थानको एथ्लेटिकोको ३५ खेलबाट ७७ अंक भएको छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ । एक खेल कम खेलेको रियलको ७४ अंक छ ।
अब आफ्नो खेलमा जित निकाले रियललाई शीर्ष स्थानमा उक्लिने मौका हुनेछ । यद्यपी गोल अन्तरका आधारमा पछि पर्न सक्नेछ । ला लिगामा अब तीन खेल बाँकी रहँदा उपाधि होड रोमाञ्चक बनेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया