बागमती प्रदेश सरकार आइतबार विस्तार हुने

मकवानपुर- बागमती प्रदेश सरकार भाेलि (आइतबार) विस्तार हुने भएको छ । बागमती प्रदेशमा आइतबार साँझसम्म मन्त्रिमण्डल विस्तारको तयारी भएको बताइएको छ ।
बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन् । रिक्त रहेका ७ मन्त्रालयमा मन्त्री नियुक्तिका लागि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तयारी सुरु गरेका छन् ।
सत्ता गठबन्धन दलबीच प्रदेशमा नेपाली कांग्रेसलाई ५ मन्त्रालय दिने गरी सहमति हुने भएपछि मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कांग्रेसलाई ५, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई १/१ मन्त्रालय दिने गरी तयारी सुरु गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । ११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने तयारीमा मुख्यमन्त्रीले पहल गरेपछि कांग्रेसले माग गरेको ६ मन्त्रालयबाट घटाएर ५ दिने गरी सहमति हुन लागेको हो ।
मन्त्रालय भागबण्डाका लागि निर्माण गरिएको कार्यदलले कुन मन्त्रालय कसले पाउने भन्नेबारे आज बेलुका वा भोलि बिहानसम्म टुंगो लगाउने तयारी गरेको छ । सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ । सम्भवत: लामाले आर्थिक मामिला मन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने छन् ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया